त्रिशूली जलविद्युत केन्द्रमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

Posted on: 10 Jul, 2018

रामहरि  न्यौपाने/असार २६, नुवाकोट । त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहको बसबारमा विद्युत गढबढी हुदाँ मंगलबार अपरान्ह आगलागी भएको छ ।

जलविद्युत गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । 

आगलागीबाट बसबार जलेर पूर्ण रुपमा  क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेकाले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । 

उहाँको अनुसार आगो निभाउन फायर एक्सटिनगुईसर उपकरण प्रयोग गरेपनि त्यो प्रयाप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउदाँ विद्युतीय उपकरणहरुमा समेत थप क्षति पुगेको हुनसक्ने देखिएको छ । 

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत गृहका कर्मचारी, स्थानीयबासी लगायत परिचालन भएका छन् । आगो पूर्ण रुपमा नियन्त्रणमा आउन करिब पाँच घण्टा लागेको थियो । आगलागी पश्चात २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ । 

विसं २०२३ सालदेखि विद्युत सुरु गरेको यस केन्द्रले हालसम्म पनि पूर्ण क्षमताको उत्पादन निरन्तर दिदै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!