समाज | नुवाकोट - NWK


१७ बर्ष पछी पक्राउ परे नुवाकोटका भरत सुनार

Posted on September 19, 2019 | views : 2534 | नुवाकोट - NWK

असोज २, नुवाकोट | एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।  ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्र

Read More

गाई तस्करीमा सङ्लग्न भएको आरोपमा नुवाकोटबाट दुइजना पक्राउ

Posted on September 08, 2019 | views : 2305 | नुवाकोट - NWK

 भदौ २२, नुवाकोट  । अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश था

Read More

घर लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा नुवाकोटका चारसहित आठ जना पक्राउ

Posted on September 08, 2019 | views : 2869 | नुवाकोट - NWK

अच्युत रेग्मी, भदौ २२, काठमाडौँ । काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलो मात्रामा नगद तथा गरगहना रहेको सूचनाको आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शन

Read More

नुवाकोटमा वडाध्यक्षले ७० हजारमा बेचिदिए झोलुङ्गे पुल

Posted on September 06, 2019 | views : 2538 | नुवाकोट - NWK

भदौ २०, नुवाकोट |  विदुर नगरपालिका-५ र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुसी बेचेका छन्। विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबा

Read More

नुवाकोटमा बाढीले झोलुङ्गे पुल बगायो, दुई घरमा क्षति

Posted on September 01, 2019 | views : 1966 | नुवाकोट - NWK

भदौ १५, नुवाकोट । शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ । इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा-४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटा

Read More

नुवाकोटमा खोलाले बगाएर महिलाको मृत्यु

Posted on August 31, 2019 | views : 2080 | नुवाकोट - NWK

भदौ १४, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–७ की ५२ वर्षीया शारदा श्रेष्ठको खोलाले बगाएर आज मृत्यु भएको छ । श्रेष्ठलाई घर नजिकैको ढाडेखोलाले बगाएको हो ।  जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार श्रेष्ठको शव तारुकास्थित त्रिशूली नदीमा फेला परेको हो । छिमेकीको घरमा जानका लागि खोला तर्ने क्

Read More

नुवाकोटमा विद्यालयबाट घर फर्कदै गर्दा खोलाले बगाएर एक बालक बेपत्ता

Posted on August 27, 2019 | views : 2164 | नुवाकोट - NWK

भदौ १०, बेत्रावती । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत  नौ वर्षीय घलेलाई जानगन्दो खोला

Read More

असोज अन्तिम साता प्रदेश ३ को सवारी अनुमतिपत्रको आवेदन खुल्ने

Posted on August 27, 2019 | views : 3197 | नुवाकोट - NWK

भदौ १०, हेटौँडा । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्म

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25147 | नुवाकोट - NWK

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

Posted on August 22, 2019 | views : 2142 | नुवाकोट - NWK

भदौ ५, रसुवा । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ ।  स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । सो

Read More

नुवाकोटमा घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

Posted on August 18, 2019 | views : 2240 | नुवाकोट - NWK

भदौ १, बेत्रावती (रासस) । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर म

Read More

नुवाकोटमा करेन्ट लागेर सहचालकको मृत्यु

Posted on August 15, 2019 | views : 3138 | नुवाकोट - NWK

साउन ३०, नुवाकोट | नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ ।  उक्त कार्यालयका प्रमुख अभ

Read More

नुवाकोटमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने एक महिलाको मृत्यु

Posted on August 13, 2019 | views : 5526 | नुवाकोट - NWK

साउन २८, बेत्रावती । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।  प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका

Read More

नुवाकोटमा खाल्डामा डुबेर दुई जनाको मृत्यु

Posted on August 13, 2019 | views : 2157 | नुवाकोट - NWK

साउन २८, बेत्रावती (रासस) । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया

Read More

नुवाकोटका युवतीलाई भारतमा बेचेको आरोपमा दुई जना पक्राउ

Posted on August 11, 2019 | views : 2348 | नुवाकोट - NWK

साउन २६, काठमाडौं । नुवाकोटका अजय तामाङ र राजु तामाङलाई प्रहरीले मानव बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।  उनीहरुलाई विशेष सुराकीका आधारमा भक्तपुरको जगातीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । प्रहरीका अनुसार नुवाकोटका युवतीलाई भारतको नय

Read More

नुवाकोटमा वृद्धभत्ता लिन गएका एक व्यक्ति मृतावस्थामा भेटिए

Posted on August 08, 2019 | views : 2149 | नुवाकोट - NWK

साउन २३, विदुर । (रासस) नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा आज भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ निस्किएका सार्की साँझसम्म पनि घर नआएपछि सार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटम

Read More

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै, मोबाइलमा रेकर्ड गरिएका दुई वटा भिडियो भेटियो

Posted on August 07, 2019 | views : 5520 | नुवाकोट - NWK

 साउन २२, चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानब

Read More

नुवाकोटको ककनी गाउँपालिका १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा एकजना पक्राउ

Posted on August 06, 2019 | views : 1904 | नुवाकोट - NWK

साउन २१, बेत्रावती । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले यहाँको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ । प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभि

Read More

नुवाकोटका तेक्वान्दो खेलाडी रमेश र राधेश्यामलाई कोरियामा स्वर्ण पदक

Posted on August 03, 2019 | views : 3782 | नुवाकोट - NWK

साउन १८, काठमाडौँ । कोरियाको शिन्हान युनिभर्सिटीमा जारी World Peace Taekeondo Festival मा सहभागि नुवाकोटका तेक्वान्दो खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। २ देखि १० अगस्ट सम्म हुने प्रतियोगिताको आज भएको Side Kick Breaking तर्फ रमेश कुमार श्रेष्ठ ले स्वर्ण पदक जितेका छन् । चालीस भन्दा धेरै राष्

Read More

नुवाकोटको ककनी गाउँपालिका वडा कार्यालयमा आगजनी

Posted on July 31, 2019 | views : 1808 | नुवाकोट - NWK

साउन १५, नुवाकोट  | नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले जानकारी दिनुभयो ।  उहाँका अनुसार रातको ११ः४५ ब

Read More

प्रदेश ३ सरकारद्वारा पशुपालनका लागि ६ करोड अनुदान वितरण

Posted on July 28, 2019 | views : 2876 | नुवाकोट - NWK

साउन १२, हेटौँडा । प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ । कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी

Read More

सत्केरीको मृत्युपछि आफन्तले गरे प्रदर्शन, प्रदर्शनका कारण गल्छी–त्रिशूली सडक अबरुद्ध

Posted on July 26, 2019 | views : 1595 | नुवाकोट - NWK

साउन १०, नुवाकोट  | तारकेश्वर गाउँपालिका–५, नुवाकोटकी ३५ वर्षीया गोमा वस्तीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले शुक्रबार प्रदर्शन गरेका छन् |  दोषी चिकित्सकमाथि कडाभन्दा कडा कारवाही हुनुपर्ने उनीहरुको माग छ | प्रदर्शनका कारण गल्छी–देवीघाट–त्रिशूली सडक अबरुद्ध भएको छ | त्रिशूल

Read More

नुवाकोटमा समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

Posted on July 26, 2019 | views : 1619 | नुवाकोट - NWK

साउन १०, बेत्रावती । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना हुनुभएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माउनुभएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबा

Read More

नुवाकोटका नदी र खोलामा भईरहेका नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने

Posted on July 25, 2019 | views : 1727 | नुवाकोट - NWK

साउन ९, नुवाकोट (रासस) | नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो । आमन्त्रित सदस्यका रूपमा

Read More

नुवाकोटमा दुई बालिकामाथि करणी र यौन दुर्ब्यबहार गर्ने पक्राउ

Posted on July 23, 2019 | views : 2084 | नुवाकोट - NWK

साउन ७, नुवाकोट  |  नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय धु्रव राई विगत केही वर्षदेखि नुवाकोटमा पुनःनिर्माण पछिका घर बनाउने काम गर्दै आइरहेका थिए । सोही

Read More

कुवेतमा बिचल्लीमा परेकी नुवाकोटकी अनु तामाङलाई नेपाल फर्काइयो

Posted on July 20, 2019 | views : 1343 | नुवाकोट - NWK

साउन ४, नुवाकोट | दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ ।  राम्रो काम लगाइदिने आशमा छ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो

Read More

नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु

Posted on July 20, 2019 | views : 1548 | नुवाकोट - NWK

साउन ४, नुवाकोट | नुवाकोटको सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा एकको मृत्यु भएको छ । सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको घरको केवलको तार बनाउन बिजुलीको पोलमा चढेका सोही स्थानका ३५ वर्षीय विष्णु राईलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहर

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19899 | नुवाकोट - NWK

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More