कृषि गतिबिधी | नुवाकोट - NWK


कृषि क्षेत्रको सम्भाव्यता खोज्न चिनियाँ टोली नुवाकोटमा

Posted on October 27, 2018 | views : 143 | नुवाकोट - NWK

कात्तिक १०, बेत्रावती । तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली आज नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’ गर्न भएको समझदारीअनुसार कृषि क्षेत्रको विज्ञ सम्मिलित पाँच जनाको टोली नुवाकोट आएको हो ।  टोलीमा कृषि प्रविधि सहयोग परियोजना, नेपाल उत

Read More

नुवाकोटमा १ दिने अदुवा प्रशोधन तालिम सम्पन्न (हेर्नुस् १० तस्वीर)

Posted on August 17, 2018 | views : 1325 | नुवाकोट - NWK

भदौ १, नुवाकोट | नुवाकोटको सातबिसेमा एक दिने अदुवा प्रशोधन तालिम सम्पन्न भएको छ |   अदुवाको मूल्य अभिवृद्धि गराउने तथा अदुवा उत्पादकको जीविकोपार्जनमा सुधार ल्याउने र स्वच्छ व्यवसायको प्रवर्दन गर्ने उदेश्यका साथ उक्त प्रशिक्षण आयोजना भएको थियो |  उक्त प्रशिक्षणमा महारुद्र महादेव अदुवा

Read More

नुवाकोटका चारसय किसानलाई क्यान वितरण

Posted on July 16, 2018 | views : 248 | नुवाकोट - NWK

असार ३२, नुवाकोट | भूकम्पबाट प्रभावित यहाँका ४०० किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी (दूध बोक्ने क्यान) वितरण गरेको छ ।  दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्यान वितरण गरिएको हो । 

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 5582 | नुवाकोट - NWK

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

नुवाकोटमा १ अर्ब ११ करोड बराबरको आलु उत्पादन

Posted on April 04, 2018 | views : 452 | नुवाकोट - NWK

चैत २१, नुवाकोट | नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।  “अघिल्लो वर्षको भन्दा

Read More

नुवाकोटका ३० कृषि समूहलाई हाते ट्रयाक्टर प्रदान

Posted on March 16, 2018 | views : 456 | नुवाकोट - NWK

त्रिशूली २, चैत | सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर (हाते ट्रयाक्टर) वितरण गरिएको छ ।  गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा कृषक समूहलाई यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले शिवपुरी गाउँपालिकामार्फत ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान गर

Read More

नुवाकोटका उत्कृष्ट किसान सम्मानित, को-को बने उत्कृष्ट ?

Posted on March 10, 2018 | views : 382 | नुवाकोट - NWK

फागुन २६, नुवाकोट (रासस) | तरकारी तथा फलफूल प्रदर्शनीमा उत्कृष्ट भएका किसानलाई सम्मान गरिएको छ ।  विदुरमा सञ्चालन भइरहेको पाँचौँ नुवाकोट महोत्सवमा तरकारी तथा फलफूलका विभिन्न सात विधामा उत्कृष्ट भएका किसानलाई नगद र सम्मानपत्रबाट शुक्रवार पुरस्कृत गरिएको हो ।  सम्मानित हुनेहरुमा काउली–बन्दा

Read More

५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी सम्पन्न

Posted on March 03, 2018 | views : 300 | नुवाकोट - NWK

फागुन १९, त्रिशूली (नुवाकोट) | स्थानीय उत्पादनको बजारीकरण र कृषकलाई प्रोत्साहन गर्ना लागि शिवपुरी गाउँपालिकामा सञ्चालित कृषि उपज प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ ।  शिवपुरी – ७, रचनडाडाँमा आयोजित एकदिने कृषि उपज प्रदर्शनीमा ५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी गरिएको थियो । गाउँमा कृषिस

Read More

नुवाकोटमा कृषि सेवा केन्द्र स्थानीय तहसम्म

Posted on February 06, 2018 | views : 300 | नुवाकोट - NWK

माघ २३, नुवाकोट | जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ ।  छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय तह मातहत सञ्चालन हुने कानुनी प्रावधान भएकाले हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी द

Read More

नुवाकोटमा कृषि उपज हाट बजार आजबाट सुरु

Posted on January 22, 2018 | views : 530 | नुवाकोट - NWK

सरस्वती अधिकारी / माघ ८, काठमाडौं  | नुवाकोटको विदुरमा हरेक सोमबार कृषि उपज हाट बजार लाग्ने भएको छ  | उद्योग बाणिज्य संघ नुवाकोटको आयोजनामा आजवाट बाट कृषि उपज हाट बजारको  शुरु भएको हो |  किसानले उत्पादन  गरेका  कृषि उपजलाई बजारीकरण गर्न सहज गर्ने उदेश्यले हाट बजारको आय

Read More

नुवाकोटको खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री

Posted on September 24, 2017 | views : 568 | नुवाकोट - NWK

असोज ८, नुवाकोट। दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ ।  विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ ।  हाम्रो सहकारी संस्था लिमिटेड, साव

Read More

भैँसी पालेरै महिनाको ६५ हजार कमाउछन नुवाकोटका भीमसेन पनेरु

Posted on April 03, 2017 | views : 1363 | नुवाकोट - NWK

चैत २१, नुवाकोट । ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक रु ६५ हजार कमाउनुहुन्छ । गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गर्नुभएका उहाँले दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल हुनुभएको हो ।  “विदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँ

Read More

नुवाकोटमा उत्पादन बढाउन सहुलियतमा बीउ वितरण

Posted on April 01, 2017 | views : 725 | नुवाकोट - NWK

चैत १९, नुवाकोट । मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार ४५० किलो मकैको बीउ ७५ प्रतिशत अनुदानमा वितर

Read More

नुवाकोटमा १० करोडको मुला बिक्री

Posted on March 29, 2017 | views : 3873 | नुवाकोट - NWK

चैत १६, नुवाकोट । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् ।  चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भ

Read More

नुवाकोटमा धान उत्पादन बढाउन अनुदान

Posted on March 27, 2017 | views : 1534 | नुवाकोट - NWK

चैत १४, नुवाकोट । जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ ।  नुवाकोटमा चालु आवदेखि सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई नगद अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताउनुभयो ।  "धान नेपालको प्

Read More

नुवाकोटमा एक अर्बको आलु उत्पादन

Posted on March 22, 2017 | views : 2115 | नुवाकोट - NWK

चैत ९, नुवाकोट । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ ।  बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 20498 | नुवाकोट - NWK

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 16834 | नुवाकोट - NWK

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 14946 | नुवाकोट - NWK

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 11158 | नुवाकोट - NWK

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 7432 | नुवाकोट - NWK

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 4032 | नुवाकोट - NWK

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1441 | नुवाकोट - NWK

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 958 | नुवाकोट - NWK

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 680 | नुवाकोट - NWK

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 638 | नुवाकोट - NWK

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More