नुवाकोटमा १ दिने अदुवा प्रशोधन तालिम सम्पन्न (हेर्नुस् १० तस्वीर)

Posted on: 17 Aug, 2018

भदौ १, नुवाकोट | नुवाकोटको सातबिसेमा एक दिने अदुवा प्रशोधन तालिम सम्पन्न भएको छ |  

अदुवाको मूल्य अभिवृद्धि गराउने तथा अदुवा उत्पादकको जीविकोपार्जनमा सुधार ल्याउने र स्वच्छ व्यवसायको प्रवर्दन गर्ने उदेश्यका साथ उक्त प्रशिक्षण आयोजना भएको थियो |  उक्त प्रशिक्षणमा महारुद्र महादेव अदुवा प्रसोधन केन्द्रका १२ सदस्य सहभागी भएका  थिए |  स्वच्छ व्यवसायी समूह नेपालको आयोजना तथा अक्सफार्म नुवाकोटको आर्थिक सहयोगमा प्रशिक्षण सम्पन्न भएको छ | अदुवा प्रसोधनको प्रशिक्षण अन्नुपूर्ण अदुवा प्रशोधन केन्द्र कपिलवस्तुका सहायक व्यवस्थापक पशुपति खनालले दिएका थिए | 


तालिममा अक्सफार्म नुवाकोटका संयोजक निरज थारु, अक्सफार्म काठमाण्डौका कार्यक्रम अधिकृत धुर्व थपलिया, स्वच्छ व्यवसायी समूह नेपालका समुह नेता सुनिल आचार्य लगाएतका अथितिहरुको उपस्थिति रहेको थियो | 

यस अघि स्वच्छ व्यवसायी समूह नेपालले महारुद्र महादेव अदुवा प्रसोधन केन्द्रलाई अदुवा प्रसोधन गर्ने आधुनिक उपकरणहरु वितरण गरेको थियो | सोहि उपकरणहरुको प्रयोग सम्बधि उक्त प्रशिक्षण केन्द्रित रहेको थियो | महारुद्र महादेव अदुवा प्रसोधन केन्द्र नुवाकोट पहिलो र नमुना केन्द्र हो | उक्त प्रशोधन केन्द्रका संयोजक माधव अधिकारी रहेका छन् | संयोजक अधिकारीले सिप, प्रविधि तथा उपकरणका साथै पुँजीको समेत सहयोग प्रदान गरेकाले सो संस्थाप्रति हार्दिक आभार प्रकट गरेका छन् | स्वच्छ व्यवसायी समूह नेपालले व्यावसायिक परामर्श नियमित रुपमा प्रदान गर्ने तथा उद्योग संचालनमा समेत सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!