प्रदेश नम्बर ३ मा ८७९ सडक योजना

Posted on: 31 Jan, 2019

माघ १७, हेटौँडा | प्रदेश नम्बर ३ अन्तर्गत ८७९ वटा सडकका योजना रहेको र त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ । 

प्रदेश सरकारको आफ्नो सडक योजना र केन्द्र सरकारको परियोजनाको माध्यमबाट निर्माण गरिने सडकका कूल ८७९ वटा योजना यस वर्ष रहेका छन् ।

प्रदेश नं ३ भौतिक पूर्वाधार मन्त्रालयका अनुसार यो प्रदेशका लागि केन्द्र सरकारबाट ६७० वटा सडक योजना छन् । केन्द्रीय तहबाट आएको योजना सर्त एवं तोकिएको समयमा पूरा गरिनुपर्छ साथै केन्द्रीय योजना अनुदानमा रहेका छन् । 

यसै प्रदेशअन्तर्गत केन्द्र सरकारको गौरवको योजनाबाहेक मझौला योजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका इञ्जिनीयर सञ्जीव श्रेष्ठका अनुसार यस प्रदेशको ६३ वटा आफ्नै योजना छन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममा ल्याएको योजना प्रदेशको बजेटमा परेको योजना तथा ग्रामीण सडक तथा अन्य नयाँ ट्रयाक खोल्ने योजना छन् । 

सडक विभागले प्रदेश सरकारलाई योजना हस्तान्तरण गर्नुपर्ने भए पनि आफ्नै डिभिजन सडक कार्यलयअन्तर्गत काम गरिरहेको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । हाल उपमहानगरपालिकाभित्र सडकको निर्माण विस्तार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!