नुवाकोटका स्थानीय तहको छ अर्बको बजेट, कुन स्थानीय तहमा कति ?

Posted on: 26 Jun, 2020

असार १२, नुवाकोट | जिल्लामा सबै स्थानीय तहहरुले गाउँ/नगरसभा सम्पन्न गरेका छन् । बुधबार स्थानीय तहहरुमा आयोजित सभामा जिल्लामा १२ वटै स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट पेश भएको हो । जिल्लाका सबै स्थानीय तहमा गरी रु छ अर्ब सात करोड ९० लाखको बजेट प्रस्तुत गरेका छन् । सबैभन्दा बढी विदुर नगरपालिकाको रु एक अर्ब आठ करोड बजेट पेश भएको छ । 

बेलकोटगढी नगरपालिकाको रु ९९ करोड ९३ लाखको बजेट पेश भएको छ । शिवपुरी गाउँपालिकाले रु ४९ करोड २५ लाख, ककनी गाउँपालिकाले रु ४३ करोड, दुप्चेश्वर गाउँपालिकाले रु ४१ करोड, पञ्चकन्या गाउँपालिकाले रु ४० करोड ९३ लाख, किस्पाङ गाउँपालिकाले रु ४० करोड दुई लाख, तारकेश्वर गाउँपालिकाले रु ३९ करोड ६८ लाख, सूर्यगढी गाउँपालिकाले रु ३८ करोड १२ लाख, लिखु गाउँपालिकाले रु ३७ करोड ७८ लाख, तादी गाउँपालिकाले रु ३६ करोड १९ लाखको बजेट कार्यक्रम सभामा पेश गरेका छन् ।

जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट ३४ करोड गाउँसभामा पेश भएको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केहीले पारित गरिसकेका छन् भने केही स्थानीय तहले छलफलपछि पारित गरिने जनाएका छन् । सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेटमा सबै पालिकाले कोरोनालाई प्राथमिकता दिएर कार्यक्रम राखेका छन् । कृषि क्षेत्र, सडकलगायत पूर्वाधार विकासमा बजेट धेरै विनियोजन गरेको पाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!