सर्वाधिक राशि पुरस्कारसहितको राष्ट्रिय कविता महोत्सव नुवाकोटमा हुँदै

Posted on: 16 Sep, 2018

भदौ ३१, नुवाकोट | नुवाकोटमा आगामी मंसिर १५ गते दोस्रो राष्ट्रिय कविता महोत्सव हुने भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा हुन लागेको कबिता महोत्सवमा सहभागी हुन कार्तिक १५ सम्म कविता उपलव्ध गराउन आयोजकले आग्रह गरिएको छ । 

तोकिएको समयसीमा भित्र प्राप्त कविता मध्येबाट पहिलो चरणका निर्णायकले २० वटा कविता छनोट गर्ने र  ती कवितालाई सम्बन्धित कवी मार्फत वाचन गर्न लगाएर उत्कृष्ट कविता छनोट गर्ने प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले बताउनुभयो ।


प्रतिस्पर्धामा पहिलो हुने कवितालाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रो भएका दुई वटा कवितालाई २०–२० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने प्रचारप्रसार उप–समिति संयोजक मुकुन्दराज अर्यालले जानकारी दिनुभयो । 

प्रदान गर्न लागिएको पुरस्कार राशी कविता प्रतिस्पर्धामा मुलुककै अहिलेसम्मकै बढी रकमको पुरस्कार भएको आयोजकले दाबी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!