तरुण दल केन्द्रीय सदस्यमा कंडेलको उम्मेदवारी

Posted on: 12 Nov, 2016

कात्तिक २७, नुवाकोट । लामो समयपछि यहि २७ गतेदेखि पोखरामा हुन लागेको नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा तरुण नेता राजु कडेलले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा अघिसार्ने घोषणा गरेका छन् । 

राजनितीमा स्वस्छ छबि भएका वर्गको तर्फबाट उम्मेदवारी घोषणा गर्दै नेता कडेलले  सधैं छाँयामा परेका इमान्दार र लगनशिल वर्गलाई राजनीतिको मूलधारमा ल्याउने उद्देश्यले आफूले उम्मेदवारी दिन लागेको बताए ।

उम्मेदवारी घोषणा कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भदु्टार नुवाकोटका जुझारु नेता कडेलले  मुलुक यतिखेर अत्यन्तै जटिल मोडमा रहेको र त्यसको निकासका लागि संविधानसभाबाट जारी गरिएको संविधान कार्यान्वयन गर्नु अपरिहार्य भएकाले उक्त कार्यका लागि तरुण यूवाको भूमिका अग्रणी हुने बताए । आफूले  सांगठनिक विस्तारका लागि दिन रात नभनेर लाग्ने प्रतिबद्धता जनाए ।

तरुणहरु परिवर्तनका संवाहक भएकोले अब युवा सुहाउँदो संगठन र देशले चाहेको जस्तो राजनीति हुनुपर्ने कडेलले को भनाई छ । अहिले नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गरी सामाजिक न्यायका लागि एक थोपा रगत शरीरमा भएसम्म लडिरहने उनको प्रण थियो । देशबाट दिन दुइगुणा रात चारगुणाका दरले युवा शक्ति बाहिरिएको कुरालाई मध्यनजर गर्दै यो प्रवृत्ति रोक्न तरुण दलले नेतृत्वदायी भूमिका निर्वाह गर्न–गारउन आफू लागि पर्ने पनि नेता कडेलले ले बताए ।

विगतमा जस्तो लामो समयसम्म महाधिवेशन नहुने कुरालाई अन्त्य गराई नेतृत्व विकासका लागि समयमै महाधिवेशन गराउन आफूहरू प्रतिबद्ध रहने उनको कथन छ । 

संगठनभित्रको गुट, उपगुटलाई अन्त्य गरी संगठनभित्र कामको आधारमा नाम र मान दिने संस्कारको विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको पनि नेता कडेलले  बताए । 

सयौं शहिदको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई अझै पनि चौतर्फी आक्रमणको खतरा भएकोले लोकतन्त्रको रक्षाका लागि आफू टाउकोमा कफन बाँधेर रक्षाकवजका रुपमा सधैं अग्रमोर्चामा रहने प्रतिवद्धता समेत तरुण नेता कडेलले  जाहेर गरे । तरुणका माझ लोकप्रिय मानिएका नुवाकोटका नेता कडेल महाधिवेशनबाट अवश्य विजयी हुने मा कैयन महाधिवेश प्रतिनिधिहरु बताउँछन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!