नुवाकोटको सुर्यगडी गाउँपालिकाको अध्यक्षमा रामजी पौडेलको सम्भावना बलियो

Posted on: 18 Apr, 2017

बैशाख ५, काठमाडौँ | नुवाकोट जिल्लाको प्रभावशाली र काङ्ग्रेसको गढको रुपमा चीनिने सुर्यगढी गाउँपालिकाको अध्यक्षमा क्षेत्र न २ का सचिव रामजी पौडेल मैदानमा उत्रिएका छन् । 

सुर्यगढी गाउँपालिकाको सबै वडाबाट स्कुले बेलादेखिनै नेपाल बिद्यार्थी संघबाट काङ्ग्रेसको राजनीतिमा होमीएका पौडेल कांग्रेसको गाउँ इकाइदेखि क्षेत्रगत राजनीतिमा पनि पोख्त छन् । नेपाली काङ्ग्रेसमा निस्कलन्क छवि बनाएका उनी दर्जनौ सामाजीक संघ-सस्थामा आबद्ध रहेर समाजसेवा गरीरहेका छन् साथै उनी नेपाल रेड्क्रस सोसाइटी नुवाकोटको जिल्ला सद्स्य पनि हुन् । 

नुवाकोटको  सुर्यगढी गाउपालीकालाई जिल्लाकै मात्रै नभएर देश कै उत्कृष्ट गाउँपालिका बनाउने खाकाको साथै सुर्यगडी गाउँपालिकाको २० बर्से खाका बोकेर मैदानमा उत्रिएका पौडेल आम युवा माझ लोकप्रिय पनि छन् । स्थानीय निकायमा युवाहरुको भूमिकालाई लिएर बहस तथा दावेदारी शुरु भएको छ । फलानो गाविसको अध्यक्ष वा यतिवर्ष पार्टीमा काम गरेर बुढ्यौली लागेकोले स्थानीय निकाय प्रमुखको दावी गर्नेहरु सङै नयाँ जोश जाँगरहरुले युवाहरुको माहौल देखिन थालेको छ ।

उमेरले ३० को हाराहारीमा रहेका पौडेल साविक हल्देकालीका निवासी हुन् । समाजसेवा सँगै स्थानीय स्तरमा लोकप्रिय रहेका उनी अन्य प्रतिस्पर्धामा रहेका उम्मेदवार भन्दा  गतिशील इमान्दार र लगनशील  युवाको रुपमा  पर्दछन् ।

विकासे गतिबिधिमात्र नभई समाजसेवा क्षेत्रको सक्रियतामा पौडेल प्रभावशाली मानिन्छन् । स्थानीय विभिन्न सामाजिक संस्थामा कृयाशिल भएर काम गरेको अनुभव छ उनीसँग ।

पढे लेखेका र विकासको योजना बनाउन सक्ने युवालाई अध्यक्ष टिकट दिनु पर्ने धारणा राख्ने पौडेलले अध्यक्ष  दावी गरेसँगै सुर्यगढी गाउँपालिकाको अध्यक्ष दावी गर्नेहरुको संख्यामात्र बढेको छैन उम्मेदवार चयनमा दवाव पनि बढेको छ । पौडेलको दावीसँगै पढे-लेखेका तथा विकासे गतिबिधिमा सक्रियलाई अध्यक्षको टिकट दिनुपर्ने दवाब नेपाली काग्रेसको क्षेत्र तथा जिल्लामा पनि बढेको छ । 

राजधानी काठमाडौसँगै नजिक रहेको  सुर्यगढी पर्यटकीय र एतीहासिक क्षेत्रको रुपमा प्रख्यात पनि छ । नेपाली काङ्ग्रेसले आफ्नो जीतको लागि आम युवा र समाजका सबै क्षेत्र समेट्न सक्ने पौडेलनै सबैभन्दा महत्वपूर्ण पात्र हुन् भनेर चारैतिर चर्चा चलिरहेको बेला पौडेलको उम्मेदवारीले अन्य दललाई पनि उनलाई टक्कर दिन सक्ने उम्मेदवार चुन्न पर्ख र हेरको स्थितीमा रहेको बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!