नुवाकोटको तादी गाउँपालिकामा कांग्रेस विजयी (वडा अध्यक्षको लिस्ट सहित)

Posted on: 17 May, 2017

जेठ ३, नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नारायणप्रसाद पाण्डेले ३ हजार ९० मत ल्याए, उनका प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद पाण्डेले २ हजार ७ सय ३७ मत पाएका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसका ईश्वरी उप्रेती विजयी भए । उनले ३ हजार ३ सय ५५ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए ।

यसैबीच समग्रमा तादी गाउँपालिकाको नतिजालाई हेर्ने हो भने कांग्रेसलेले तीन वटा वडा जितेको छ भने, माओवादी केन्द्रले २ वटा र एमालेले एउटा वडामा जित हाँशिल गरेको छ । 

निर्वाचित वडा अध्यक्षहरु: 

वार्ड १: (कांग्रेस) नकुर तामाङ

वार्ड २: (माओवादी केन्द्र) बच्चुराम तामाङ

वार्ड ३: (एमाले) मनोज उप्रेती 

वार्ड ४: (कांग्रेस) मुक्तबहादुर श्रेष्ठ

वार्ड ५: (माओवादी केन्द्र) विष्णुप्रसाद अधिकारी 

वार्ड ६: (कांग्रेस) केशव थापा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!