नुवाकोट जिससको मतदान मिति तय गरियो

Posted on: 04 Aug, 2017

साउन २०, नुवाकोट । जिल्ला समन्वय समिति (जिसस), नुवाकोटको निर्वाचनको मतदान यही साउन २९ गते हुने भएको छ । 

निर्वाचन अधिकृत बिदामा भएकाले बुधबार निर्वाचन कार्यालय स्थापना गरी बिहीबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गरी शुरु हुने निर्वाचन प्रक्रियाअन्तर्गत साउन २९ गते निर्वाचनको मतदानको मिति तोकिएको छ । 

निर्वाचनको विभिन्न १४ चरणमध्ये शुक्रबार मतदाता नामावली प्रकाशन गर्ने, साउन २२ मा अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने, साउन २३ मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवारविरुद्ध परेका उजुरी लगायतको प्रक्रिया पूरा गरी साउन २६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभयो । उम्मेदवारलाई साउन २८ मा निर्वाचन चिह्न प्रदान गर्ने र मतदान साउन २९ गते तोकिएको छ । 

नुवाकोटमा जिससको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ जना मतदाता छन् । २४ जना मतदातामध्ये १४ जना नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व जनाउने भएकाले काँग्रेसको स्पष्ट बहुमत रहेको छ । नेकपा (एमाले) का ६ जना र नेकपा (माओवादी केन्द्र)का चारजना मतदाता रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!