काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

Posted on: 16 Mar, 2018

 चैत २, नुवाकोट | नेपाली काँगे्रस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ । 

दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । 

सम्मेलनको उद्घाटन काँग्रेसका केन्द्रीय सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको पनि उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!