नुवाकोटको गोरु जुधाई मेलामा जे देखियो (फोटोफिचर)

Posted on: 14 Jan, 2017


माघ १, काठमाडौँ । नुवाकोटको पहिचानका रुपमा स्थापित हुँदै गएको गोरु जुधाई मेला सम्पन्न भएको छ ।

प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन तारुका र बेत्रावतीमा परम्परागत रुपमा मनाइँदै आएको गोरु जुधाई पर्वलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । सामाजिक संस्कारको रुपमा झण्डै शताब्दीअघिदेखि नुवाकोटको तारुका–५ कटरबोट, चन्दनीमा र एक दशक अघिदेखि नुवाकोट र रसुवाको बेत्रावतीमा गोरु जुधाई मेला गरिँदै आएको छ ।

यसपटक तारुकामा १५ हल र बेत्रावतीमा आठ हल गोरु जुधाईएको मेला आयोजक रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको छ ।  

बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ भएको र भान्जालाई मावली आउँदा स्वागतका लागि पहिलो पटक यहाँ गोरु जुधाईएको र त्यही वर्षदेखि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको जानकारहरु बताउँछन् । विगतमा कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत ठाउँमा छरिएर जुधाईने गोरु जुधाई विगत पाँच वर्षदेखि तारुका–५ कटरबोटमा एकीकृत र व्यवस्थित रुपमा मनाउन थालिएको छ । मेलामा देखिएका केहि तस्बिरहरु 

तस्बिर: गोपीकृष्ण चापागाई, साझासबाल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!