नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु

Posted on: 11 Feb, 2017

 माघ २९, नुवाकोट । नुवाकोटको तादीखोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । 

आज दिउँसो गाउँखर्क–७ घर भई सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो । 

तामाङको आफैँले माछा मार्ने प्रयोग गरेको करेन्ट लागेर ज्यान गएको हो । बालकुमारी–१ घ्याम्लेस्थित तादीखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!