आजदेखि १३ जिल्लाका अस्पतालमा आकस्मिक शल्यक्रिया सुरु

Posted on: 12 Feb, 2017

फागुन १ , काठमाडौं । आजदेखि देशका विभिन्न १३ जिल्लाका सरकारी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु भएको छ । 

स्वास्थ्य मन्त्रालयको योजना अनुसार सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि १३ जिल्ला अस्पतालहरुमा यो सेवा सुरु भएको हो ।

स्वास्थ्य मन्त्रालयले विशेषज्ञ तथा आकस्मिक शल्यक्रिया सेवा उपलब्ध नभएका ३० जिल्ला अस्पतालहरुमा यो सेवा सञ्चालन गर्ने योजना अनुसार पहिलो चरणमा १३ जिल्ला अस्पातलहरुमा सेवा सञ्चालन गर्न लागेको हो । बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापछि सुरु गरिने स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

आजदेखि आकस्मिक शल्यक्रिया सेवा सुरु भएका जिल्ला अस्पतालहरुमा सर्लाही, धादिङ्ग, रोल्पा, गोरखा, नवलपरासी, अर्घाखाची, उदयपुर, धनकुटा, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङ्गको तुल्सीपुर, नुवाकोटको त्रिशुली र बाग्लुङ्गको वुर्तिवाङ्ग रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!