नुवाकोटको १० गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए

Posted on: 17 Mar, 2017

चैत ४, नुवाकोट । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले  देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै नुवाकोटका बिभिन्न १० गाउँपालिकामा पनि अधिकृत तोकेको छ ।

मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन निर्देशन दिएपछि गाउँपालिकामा अधिकृत तोकिएको हो।

नुवाकोट जिल्ला स्थित १० गाउँपालिकामा को-को अधिकृत तोकिए ? 


यस बिषयमा तपाइको प्रतिक्रिया...!