नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

Posted on: 04 Apr, 2017

चैत २२, नुवाकोट । तार्केश्वर गाउँपालिका–६ खङ्गभञ्याङको मजुवामा आज अपराह्न बा ४ ख ३७२७ नं को मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय शुकराम तामाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडाँै पठाइएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

बट्टार बजारबाट खाद्यान्न र मान्द्रेढुङ्गाबाट बालुवा बोकेर मजुवा जाँदै गरेको सो मिनी ट्रकले कच्ची सडकमा सन्तुलन गुमाउँदा दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!