नुवाकोटमा कन्टेनर दुर्घटनाग्रस्त, ७ जना घाइते

Posted on: 10 May, 2017

नुवाकोट, २६ वैशाख । रसुवाबाट काठमाडौँ जाँदै गरेको कन्टेनर मंगलबार साँझ नुवाकोटको गेर्खुटारमा दुर्घटनाग्रस्त भएको छ । 

केरुङबाट तयारी पोसाक बोकेर काठमाडौँ जाँदै गरेको ना ६ ख ३३२८ नं को उक्त कन्टेनर दुर्घटना हुँदा सातजना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका कन्टेनर चालक नुवाकोट ककनी गाउँपालिका–६ जुरेथुमका बालकृष्ण लामा र बझाङका सिंहलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । अन्य घाइतेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ । 

‘ब्रेक फेल’ भएर कन्टेनर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अधिकांश कपडा व्यापारी रहेको बताइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!