नुवाकोटमा ग्याँस सिलिन्डर पड्किँदा दुई घर जलेर नष्ट

Posted on: 16 Aug, 2017

साउन ३२, नुवाकोट । खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा मंगलबार शिवपुरी गाउँपालिका–७ सुनखानीको पन्तथोकमा दुई घर जलेर नष्ट भएको छ । 

खान पकाउँदै गरेको समयमा सिलिन्डर पड्किएर आगलागी हुँदा राजेन्द्र भण्डारी र उहाँको भाई अरुणको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा गरी रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । 

सिलिन्डर पड्केर आगलागी भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!