नुवाकोटको शिवपुरी गाँउपालीकामा कृषि हाट बजार सञ्चालन हुंदै

Posted on: 21 Aug, 2017

भदौ ५, नुवाकोट । नुवाकोटको शिवपुरी गाँउपालीकामानै पहिलो पटक कृषि हाटबजार सञ्चालन हुने भएको छ । 

शिवपुरी ६ समुन्द्रादेवीमा यहि भदौं २४ गते देखि कृषि हाटबजार सञ्चालन हुन लागेको हो ।

समुन्द्रादेवी स्थीत समुन्द्रादेवी खोले गाँउ कृषी बहुउदेश्यीय सहकारीले यहि भाद्र २४ गते देखि कृषि हाटबजार सञ्चालनमा ल्याउन लागको अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए । गाँउका उत्पादनहरुको बजारीकरण र कृषिको प्रवर्धनका लागि सहकारीले हाटबजार सञ्चालन गर्न लागेको श्रेष्ठको भनाई छ । 

बजारको अभाबमा आफना उत्पादनहरु त्यतीकै खेर गइरहेको अवस्थामा सहकारीले हाटबजार सञ्चालन गर्न लागेको भन्दै किसानहरुले खुसी व्यक्त गरेका छन् ।

खोले गाँउ कृषी बहुउदेश्यीय सहकारीको सातौं साधारण सभा पश्चात सोहि दिन देखि कृषि हाटबजार सञ्चालन गर्ने हाम्रा सहयोगीले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!