नुवाकोटका एक युवकसहित दुई जना काठमाडौँबाट पक्राउ, यस्तो छ कारण

Posted on: 10 Feb, 2018

माघ २७, काठमाडौँ । प्रहरीले ७०० ग्राम लागुऔषध चरेशसहित दुई युवालाई पक्राउ गरेको छ । 

जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदिप तामाङलाई प्रहरीले डल्लुपुल नजिकबाट पक्राउ गरेको हो । 

उनीहरुले सो चरेश व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि ल्याएका हुन् भन्नेबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । रासस

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!