नुवाकोटमा पानीमा डुबेर एक बालिकाको मृत्यु

Posted on: 20 Apr, 2018

वैशाख ७ त्रिशूली, नुवाकोट | विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको आज ड्रमको पानीमा डुबेर मृत्यु भएको छ । 

सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई उपचारको लागि त्रिशूली जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!