नुवाकोटमा घरको छानो भत्किएर ढुंगाले लाग्दा एकको मृत्यु, २ घाइते

Posted on: 10 Aug, 2018

साउन २५, नुवाकोट । घरको छाना भत्किएर ढुंगाले लाग्दा एक बालिकाको ज्यान गएको छ । 

बिहीबार राति ककनी गाउँपालिका–७ चतुराले घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीको ६ वर्षकी छोरी सरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

विशालकी श्रीमती कोपिला र जेठी छोरी ८ वर्षकी सलिना भने घाइते भएका छन् । राति सुतिरहेको बेलामा छाना भत्किएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!