रथयात्रा हेर्न गएका नुवाकोटका तीन किशोरी १० दिनदेखि बेपत्ता

Posted on: 15 Sep, 2018

भदौ ३०, नुवकोट । नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । 

हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् । 

उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए । आजको नागरिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । 

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवाले शुक्रबार बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!