नुवाकोटमा यात्रुबाहक बस दुर्घटना: २ जनाको मृत्यु, १५ भन्दा बढी घाइते (५ तस्बिर हेर्नुहोस)

Posted on: 12 Oct, 2018

असोज २६, नुवाकोट | नुवाकोटको सुर्यगढ़ी गाउपालिकास्थित छेडिखोलामा यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ भन्दा बढी यात्रु घाइते भएका छन । घाइतेमध्ये ५ जनालाई काठमाडौं लागिएको छ भने १० जनाको सिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ |


स्थानीय र प्रहरीद्वारा उद्धार कार्य भइरहेको छ । पछिल्लो पटक थोत्राबसहरू चल्दा हरेका वर्ष दशैँ र तिहारको मुखमा नुवाकोटमा यात्रुबाहक बसको दुर्घटना बढीरहेको छ । बसमा ५० भन्दा बढी यात्रु सवार थिए | घतानाको थप विवरण आउन बाकीं छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!