काठमाडौँमा फेरी १३ वर्षीया बालिका बलात्कृत, नुवाकोटका एक युवक पक्राउ

Posted on: 02 Nov, 2018

कात्तिक १६, काठमाण्डौं | काठमाडौँमा फेरी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ।

काठमाडौँको कलंकी चोकस्थित थकाली होटलमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बलात्कार भएको ८ दिनपछि पीडित पक्षले महानगरीय प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो।

नुवाकोट घर भएकी दलित समुदायकी ती बालिकामाथि यही कार्तिक ८ गते नुवाकोटकै ३० वर्षीय उमेश सुनुवारले बलात्कार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

बलात्कारका आरोपी सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ भने उनलाई वृत्त कालिमाटीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!