नुवाकोटमा अपांग महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on: 12 Nov, 2018

कात्तिक २६, नुवाकोट | नुवाकोटमा शारीरिक रुपमा अशक्त रहेकी एक महिलालाई बलात्कार गरेको आरोपम एक युवक पक्राउ परेका छन् । नुवाकोटको पन्चकन्या गाउँपालिका -२ मा कार्तिक १२ गते सोमबार घरमा कोही नभएको बेला २७ वर्षीया अपांग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय ४० वर्षीय नवराज पण्डितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

घटनाको नौ दिनपछि प्रहरीमा परेको जाहेरीले नवराज पण्डितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आमा घाँस काट्न गएका मौका छोपी  पण्डितले अपांग महिलालाई बलात्कार गरेको प्रहरीको भनाई छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!