नुवाकोटका चार पत्रकारलाई पुरस्कृत गरिने

Posted on: 30 Nov, 2018

मङ्सिर १४, नुवाकोट (रासस) | नेपाल पत्रकार महासङ्घ नुवाकोटले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाले पत्रकार देवचन्द्र भट्ट, शिव देवकोटा, भोलाराज पौडेल र भगवती लामालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

मङ्सिर २८ गते हुने साधारणसभामा चारै जनालाई पुरस्कृत गर्ने सङ्घको आजको बैठकले निर्णय गरेको हो । सङ्घका अध्यक्ष कपिलदेव खनालका अनुसार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारसहित अन्य तीन पुरस्कार साधारणसभामा प्रदान गरिनेछ । शाखाले पहिलो पटक पत्रकारलाई पुरस्कृत गर्न लागेको हो । 

भट्टलाई ‘मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार’, देवकोटालाई ‘दीर्घसेवा पत्रकारिता पुरस्कार’, पौडेललाई ‘रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार’ र लामालाई ‘महिला पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । सबै पुस्कारको राशि जनही रु ११ हजार १११ रहेको छ । मोहनविक्रमध्वज जोशी स्मृति पुरस्कारको राशि नुवाकोटबाट सञ्चालन भइरहेको डबली खबर डटकमले र रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशि नुवाकोट जेसिसले सौजन्य गर्नेछ । 

यसैैबीच नेपाल पत्रकार महासङ्घ नुवाकोटले आज विज्ञप्ति जारी गरी अध्यक्ष र सचिवलाई नेपाली सेनाले गरेको दुव्र्यवहारको विरोध गरेको छ । बिहीबार अध्यक्ष खनाल र सचिव जगदीश खनाललाई बट्टारस्थित नेपाली सेनाको तालीम केन्द्र मैथली तालीम केन्द्रमा कार्यरत सैनिकले तालीम केन्द्र अगाडिको सडकमा लछारपछार गर्नाका साथै मोबाइल क्यामेरा जफत गरेर भिजुअल नष्ट गरी मेटेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!