नुवाकोटमा ४६ जना सवार आइचर दुर्घटना: ३० जनाभन्दा बढिको मृत्यु

Posted on: 14 Dec, 2018

मङ्सिर २८, काठमाडौं । नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ । 

ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो । ४६ जना सवार गाडी दुर्घटना हुँदा ३० जनाभन्दा बढिको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन् । 

प्रहरीका अनुसार आइचरमा सवार ४६ जनामध्ये १० जनाको शव भेटिएको र अझै २० जनाभन्दा बढिको हताहत भएको आशंका गरिएको छ ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा डीएसपी भीमलाल भट्टराईको टोली दुर्घटनास्थलतर्फ गएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए ।  थप विवरण आउन बाँकी । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!