नुवाकोटमा आगलागीबाट रु चार लाख मूल्य बराबरको क्षति

Posted on: 12 Jan, 2019

पुष २८, विदुर (रासस) | ग्यास सिलिन्डरमा आगलागी हुँदा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बङगेसल्लामा एक घर जलेर नष्ट भएको छ । 

गएराति भएको आगलागीमा स्थानीयवासी सुदीप केसीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । 

आगलागीमा परेर केसीको घर र घरमा रहेका सबै सामान जलेर नष्ट हुनुका साथै घरसँगै रहेका किराना पसलमा समेत नगद रु ५० हजार, एक तोला सुन र पसलको खुद्रा सामान गरी रु चार लाख मूल्य बराबरको क्षति भएको उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!