दुर्घटनामा परि घटनास्थलमै चालकको मृत्यु, ५ गम्भीर घाइते

Posted on: 05 Feb, 2019

माघ २२, विदुर (नुवाकोट) | नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा मंगलबार साँझ सवारी दुर्घटनामा परेको छ । 

दुर्घटनामा परि बा ३ च ५७११ नम्बरको गाडी मा सवार ५ जना यात्रु घाइते भएका छन् भने चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ । 

उक्त दुर्घटनामा परि पाँच जना गम्भीर घाइते भएको कुरा प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले जानकारी दिएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!