नुवाकोटमा पौडी खेल्दा खोलामा डुबेर एकजनाको मृत्यु

Posted on: 23 May, 2019

जेठ ९, विदुर । साथीहरुसँग पौडी खेल्ने क्रममा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ स्थित बानियाँटारका १७ वर्षीय विद्यार्थी सौगात ढकालको आज मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार ढकाल काठमाडौँमा कक्षा ११ को परीक्षा सकाएर घर आएका थिए । बिदा मनाउन घर आएका ढकाल साथीसँग तादीखोलामा पौडी खेल्न गएकामा खोलामा डुबेर ज्यान गएकोे प्रहरी उपरीक्षक पल्लिमगरले बताउनुभयो । शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा परीक्षण गरी अन्तिम संस्कारका

लागि आफन्तको जिम्मा लगाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!