नुवाकोट तारकेश्वर गाउँपालिकाका कर्मचारीमाथि हातपात

Posted on: 26 May, 2019

जेठ १२, काठमाडौँ | तारकेश्वर गाउँपालिका कार्यालयमा कर्मचारीमाथि हातपात भएको छ ।

बिहीबार अपराह्न उपाध्यक्ष तारादेवी रिमालले आफूले भनेको योजनाको बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालमाथि कार्यकक्षमै हातपात गरेकी हुन् । ‘नियमले मिल्दैन भन्दा एक्कासि हातपात गरी सर्ट च्यातिदिएर टाँक पनि चुडाली दिनुभो,’प्रशासकीय अधिकृत दाहालले भने । प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्षमा बसेको कुर्सीमा रहेको अवस्थामा कठालो समातेर कुटपिट गरेको कर्मचारीले बताए । 

चुनावपछि अध्यक्ष र उपाध्यक्षबीचमा मनमुटाव बढेकाले समन्वय नभएपछि कर्मचारीमाथि हातपातमा उपाध्यक्ष उत्रेको दाबी कर्मचारीको छ । प्रमुख प्रशासकीय अधिकृत दाहाल साविक दुईपीपल हाल बेलकोटगढी नगरपालिका–६ का निवासी समेत हुन्  । 

- आजको कान्तिपुरमा समाचार छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!