नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

Posted on: 13 Jun, 2019

 जेठ ३०, विदुर । नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवा नियालेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् ।

पासाङ ल्हामु सडकखण्डको रानीपौवा र ३५ किलोको बीचमा काठमाडौँबाट नियालेतर्फ आउँदै गरेको बा२क ६३६३ नंको टिपर सडकबाट करीब ३०० मिटर तल खसेको थियो । प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार दुर्घटनामा स्थानीयवासी ६० वर्षीया माइली तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते तामाङको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा टिपर चालक २४ वर्षीय अनिल लामा र सह–चालक जीवन लामा घाइते भएका छन् । दुवै जनाको काठमाडौँमा उपचार भइरहेको छ । माइलीका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि पासाङ ल्हामु सडकखण्डमा सवारीसाधन सञ्चालनमा अवरोध गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!