नुवाकोटका युवतीलाई भारतमा बेचेको आरोपमा दुई जना पक्राउ

Posted on: 11 Aug, 2019

साउन २६, काठमाडौं । नुवाकोटका अजय तामाङ र राजु तामाङलाई प्रहरीले मानव बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । 

उनीहरुलाई विशेष सुराकीका आधारमा भक्तपुरको जगातीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । प्रहरीका अनुसार नुवाकोटका युवतीलाई भारतको नयाँ दिल्लीमा आकर्षक काम लगाइदिन्छु भनि प्रलोभनमा परेर उनीहरुले फसाउने गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनीहरुको दिल्लीस्थित एक कोठी सञ्चालकसँग सम्पर्क रहेको देखिएको थियो ।

तामाङ द्वयले नेपालबाट युवतीलाई भारत लगेर देहव्यापारमा लगाइएको हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिएको छ । उनीहरुको भाइबर र ह्वाट्स एपमा सोही प्रकृतिको विवरण देखिएको प्रहरीले जनाएको छ । 

उनीहरु विरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!