नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा २ को मृत्यु, ५ घाइते

Posted on: 22 Dec, 2019

पुस ६, काठमाडौं |  नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् | जिल्लाको विदुर नगरपालिका–६, मूलथलामा खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो |


प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ | घटनास्थलमा सशस्त्र प्रहरी बलको नं. १९ गुल्मका प्रहरी निरीक्षकको टोलीसहित नेपाल प्रहरीको टोलि खटिएको छ | घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ |

सडकबाट तल खसेको ट्रक क्षतविक्षत भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!