नुवाकोटमा पहिलो संक्रमित भेटिए

Posted on: 24 May, 2020

जेठ ११, काठमाडौं । नुवाकोटमा पहिलो पटक एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिएका छन् । 

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो ।  जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको भने पोजेटिभ आएको हो । ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । 

काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण सिसडोलमा उनीहरुको स्वाब संकलन गरेको थियो । 

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो । 

कोरोना संक्रमणको उच्च जोखिममा आफूहरु रहेको र कोरोना परीक्षणको माग गर्दै अवरोध भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!