विप्लव माओवादीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग्यो

Posted on: 05 Mar, 2018

पूर्णप्रसाद न्यौपाने/फाल्गुण २१, ओखलढुंगा | ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले जिल्लाका गाउँ तथा नगरपालिकाका प्रमुखहरुलाई पत्र बुझाएरै राजीनामा माग गरेको हो ।


पार्टीले आज सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमूखहरुलाई पत्र बुझाएको छ । नेकपाले समानान्तर सरकार भन्दै गठन गरेको ‘जनपरिषद् नेपाल’को लेटर हेडमा पत्र लेख्दै जनप्रतिनिधिहरुको राजीनामा माग गरेको हो ।

‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रको स्वाधिनता सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि तपाईंले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्रता पूर्वक आग्रह गर्दछौँ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईं आफैं हुनुपर्नेछ,’ पत्रमा लेखिएको छ ।

भोली मंगलबार सम्ममा जिल्लाका सबै स्थानीय तहका प्रमूखहरुलाई पत्र बुझाइसक्ने नेकपाका जिल्ला सेक्रेटरी अमृत बस्नेतले बताउनुभयो । जनप्रतिनिधिहरुको राजीनामा नदिए थप दवावका कार्यक्रम गर्ने सेक्रेटरी बस्नेतको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!