ओखलढुंगामा वडाअध्यक्ष पक्राउ

Posted on: 31 Mar, 2018

पूर्णप्रसाद न्यौपाने | चैत १७, ओखलढुंगा । दिउँसै मदिरा सेवन गरेर होहल्ला गर्ने ओखलढुंगाका एक वडाअध्यक्ष पक्राउ परेका छन् । दिउँसै मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

स्थानीयले उजुरी गरेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए । ‘दिउँसै मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भनेर स्थानीयले उजुरी गरेपछि हामीले वडाअध्यक्ष खत्रीलाई नियन्त्रणमा लिएका हौं,उहाँ अहिले प्रहरीमै  हुनुहुन्छ ।’ शर्माले भने ।

खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए । अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन् । शुक्रबार दिउँसै पक्राउ परेका खत्री अहिले प्रहरी चौकी कोषभञ्ज्याङको हिरासतमा छन् । खत्री सावीकको फेदिगुठ गाविस हालको चम्पादेवी गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट उमेद्वार भई निर्वाचित वडा अध्यक्ष हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!