भाषण गर्न होईन काम गर्न दौडिरहेको छु : सांसद यज्ञराज सुनुवार

Posted on: 06 Jan, 2017


पूर्णप्रसाद न्यौपाने,पुस २२,खिजीफलाटे ओखलढुंगा । ओखलढुंगाको खिजीफलाटे ६ लट्टे स्थित ज्ञान प्रकाश प्राथमिक विद्यालयले रजतजयन्ती मनाएको छ । स्थापनाको २५ वर्ष पुगेको अवसरमा शुक्रबार एक भव्य समारोहका बिच रजतजयन्ती मनाएको हो । बिसंं. २०४८ सालमा स्थानीय समाजसेवी लाक्पागेल्बु शेर्पा लगाएतको पहलमा स्थापना भएको विद्यालयको रजतजयन्ती उत्सवलाई ओखलढुंगा क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुनुवारले आफु सँधै विकास र रुपान्तरणका लागि चिन्तीत रहेको बताउनुभयो । ‘मलाई मेरो जिल्लाको विकासको चिन्ता छ,म यसैका लागि दोडधुप गरिरहेको छु’सांसद सुनुवारले भन्नुभयो‘कुनै भाषण र सम्मानका लागि होईन,म मेरा भगवान सरहका जनताको दुःख सुख बुझ्न र काम गर्नका लागि बारम्बार गाँउ,जिल्ला र सदन धाईरहेको छु ।’ सांसद सुनुवारले ज्ञान प्रकाश प्राथमिक विद्यालयलाई ५० हजार नगद सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । 


आफु संविधान सभाको निर्वाचनमा विजयी भएपश्चात खिजीफलाटेमा ६०१ मिटरको फुलको माला लगाएर स्थानीयले सम्मान गरेको बेला प्रतिबद्धता व्यक्त गरे अनुसार काम भएको समेत जिकीर गर्नुभयो । ‘मैले म अब हिँडेर होईन गाडि चढेर खिजी आउँछु भनेको थिएँ,सबैले पहल गर्नु भो मैले सहयोग गरेँ,अहिले सरर गाडिमा आउन सकिएको छ ।’ एमाले केन्द्रिय सदस्य समेत  रहनु भएका सांसद सुनुवारले जनताका हरेक दुःख र समस्यालाई आफ्नो ठानेर समाधानमा लाग्ने  प्रतिवद्धता व्यक्त गर्नुभयो । खिजीक्षेत्रसँग सदरमुकाम जोड्ने सडक निर्माणका लागि अब आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाई थियो । खिजीफलाटेमा ईलाका प्रशासनको सेवा प्रभावकारी बनाउने र नापी र मालपोतको काम समेत तत्काल सुचारु गराउन पहल गर्ने सांसद सुनुवारले विश्वास दिलाउनुभयो । 

ज्ञान प्रकाश प्राथमिक विद्यालयले रजतजयन्तीको अवसर पारेर वडास्तरीय फुटबल र प्राविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताम उत्कृष्ट हुनेहरुलाई भव्य कार्यक्रमकै बिच पुरस्कृत गरिएको छ ।विद्यालयका पूर्वविद्यार्थीहरुको विषेश सहयोगमा मनाईको रजतजयन्तीकै अवसरमा विद्यालयका संस्थापक र सहयोगि सरोकारवालाहरुलाई विद्यालयले सम्मान समेत गरेको प्रअ लाप्साङ शर्पाले बताउनुभयो ।


दुर्गममा रहेको विद्यालयले पनि सुगममा रहेका र भौतिक पूर्वाधारले सम्पन्न विद्यालय सरहको शिक्षा प्रदान गरिरहेको जानकारी दिँदै शैक्षीक विकासका लागि थप चिन्तीत भईदिन उहाँले सबैपक्षाई आग्रह गर्नुभयो । कार्यक्रममा स्रोत व्यक्ति एकराज कट्वालले भूकम्पले क्षेतीग्रस्त विद्यालय पुननिर्माणका लागि सक्दो पहल गर्ने बताउनुभयो ।


कार्यक्रमका अन्य वत्ताहरुले पनि दुर्गममा रहेको ज्ञान प्रकाश प्राथमिक विद्यालय सबै हिसाबले पछि परेको भएपनि शिक्षा प्रदान गर्ने हिसाबले निकै अगाडि रहेको बताएका छन् । गाविस स्तरमा हुने विद्यालय स्तरिय हाजीरीजवाफ लगाएतका कार्यक्रममा ज्ञान प्रकाश प्राथमिक विद्यालय प्रायजसो उतृकृष्ट हुनेगरेको जनाईएको छ । विद्यालयको रजतजयन्ती विषेश कार्यक्रमलाई सम्बोधन गर्न समेत सांसद गाँउ आएपछि स्थानीय हर्षित भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!