ओखलढुंगाका सबै गाउँलाई सदरमुकामसँग सिधा सडक सञ्जालले जोडियो

Posted on: 10 Jan, 2018

पूर्णप्रसाद न्यौपाने/पुस २६, ओखलढुंगा । ओखलढुंगाका सबै गाउँहरु सदरमुकामसँग सिधा सडक सञ्जालमा जोडिएको छ । 

जिल्लाका  दुर्गम र टाढा भनिएका गाउँपालिका खिजीदेम्बा र लिखु पनि सदरमुकामसँग सिधा सडक सञ्जालले जोडिएसँगै सदरमुकामसँग जिल्लाका सबै गाउँहरु जोडिएका छन् ।

बुधबार लिखु गाउँपालिका जोड्ने मोटरबाटो उद्घाटन गरिएसँगै जिल्लाका सबै नगर र गाउँ पालिकामा जिल्ला भित्रकै सडक मार्ग हुँदै पुग्न सकिने भएको हो ।


बुधबार साँघुटार, नर्मदेश्वर, गाम्नाङ्गटार पोकली, खिजीफलाटे ग्रमिण कृषि सडक उद्घाटन गरिएको छ । लिखुगाउँपालिका वडा नं ६ को मुलपँधेरामा आयोजित एक कार्यक्रमका बिच ओखलढुंगाका प्रतिनिधीसभा सदस्य सांसद यज्ञराज सुनुवार र प्रदेशसभा ख का सांसद मोहनकुमार खड्काले संयुक्त रुपमा उक्त सडक उद्घाटन गर्नु भएको हो । 

बिगत आठ वर्ष देखी निरन्तर सडक निर्माणमा जुटेका स्थानीयहरुले सडक निर्माणलाई प्राथमिकता दिएका थिए । लिखु गाउँपालिका वडा नं ६ गाम्नाङ्गटारको कात्तिके पहरामा लगातार दुई महिना देखी पहरो फुटाए पछि लिखु गाउँपालीकाको वडा नं. ६, ७, ८ र ९ पनि सदरमुकाम सँग जोडिएको हो ।

सडक उद्घाटन गर्दै सांसद यज्ञराज सुनुवारले अब जिल्लामा सडक सञ्जाल बाट कुनै पनि गाउँहरु टाढा नभएको बताउनुभयो । ‘ओखलढुंगे जनताले सदरमुकाम जान अरुको भूमि प्रयोग गर्नुपर्ने बाध्यता ट¥यो’ सांसद सुनुवारले भन्नुभयो ‘जिल्लाका सबै नगर र गाउँपालिका अनि पालिका भित्रका वडाहरुमा सहज रुपमा सवारी चडेरै जान सकिने बनाईयो,अब यि सडकको स्तरोन्नती र बस्ति बस्तिमा सडक पु¥याउने कामलाई तिव्रता दिईने छ ।’ 

आफ्नो क्षेत्र भित्रको सडक बाह्रै महिना सवारी चल्न सक्ने अवस्थामा राख्न सांसद सुनुवारले जिल्लाका पालिका र वडाका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभयो । 

उहाँले तल्लो स्तरबाट हुनेकाम आफैं गर्न र नसक्ने कामहरु योजना बनाएर प्रदेश र केन्द्रमा सिफारीस गर्न पालिका र वडा अध्यक्षहरुलाई आग्रह समेत गर्नुभयो । जनप्रतिनिधिले जनताको चाहना र मागका आधारमा देखिने गरि काम गर्न सक्नुपर्ने उहाँको भनाई थियो ।

सांसद सुनुवारले अबको दुई वर्षमा सिरीसे गाम्नाङ्गटार पोखरीडाँडा हुँदै श्रीचौर सम्मको सडक निर्माणमा सम्पन्न गरिने र सिरीसेको रहेको अधुरो लिखु खोलाको मोटरेवल पुलका लागि आफु निर्वाचित भए पछि ठेकेदार कम्पनीलाई दुई पटक ताकेता गरिसकेको जानकारी दिनुभयो । आँउदो दशै सम्ममा सिरीसेको पुलबाट गाडी दौडाउने सांसद सुनुवारले प्रतिबद्धता जनाउनुभयो ।

सुनुवारले विकासमा हुने भष्ट्रचार नियन्त्रणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उपभोक्ता समिति र  ठेकेदार कम्पनीलाई कुनै पनि नाम र वहानामा नेता र कर्मचारीहरुलाई नपोस्न आग्रह गर्नुभयो । कुनै समस्या परे त्यसको समाधान आफुले गर्ने तर विकास विरोधी कदम मान्य नहुने जिकिर गर्नुभयो ।


त्यस्तै प्रदेशसभा ख सदस्य सांसद मोहनकुमार खड्काले उपभोक्ता समिती र ठेकेदार कम्पनीलाई सडक जोड्न सफल भएकोमा धन्यवाद दिदै अधुरा रहेका विकासे योजनाहरुलाई तिब्र गतिमा अघि बढाउन आग्रह गर्नुभयो । 

ठेक्का पार्न बल लगाउने तर ठेक्का लागे पछि काम नगर्ने ठेकदारहरुले समयमा काम नगरे त्यस्ता कम्पनीहरुको लाईसेन्स खारेज गरेर कारबाही गरिने सांसद खड्काले बताउनुभयो । विकास विरोधी कदम चाल्नेलाई जनता र जनप्रतिनिधि मिलेर  ठेगान लगाउनु पर्ने उहाँको भनाई थियो ।

लिखु गाउँपालिका ६ गाम्नाङ्गटारमा आयोजित सडक उद्घाटन कार्यक्रममा डोजर उपलब्ध गराउने लेखबेसी कन्ट्रक्सन, डोजर अपरेटर र हेल्पर तथा सडक डेकेदारकम्पनी लायृ सडक निर्माणमा अहोरात्र खटेको भनि गाउँपालिकाले सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरेको थियो । 

साविकका गाउँ विकास समिति तथा जिल्ला विकास समिति सांसद विकास कोष र गाउँपालिकाको दुई करोड एकानब्बे लाख रुपैयामा १८  किलो मिटर सडक निर्माण भए पछि लिखु गाउँपालिकाका सबै वडाहरु सदरमुकाम सँग सिधा जोडीएका हुन् ।

सडक सञ्जालबाट जोडिए पछि स्थानियहरु खुसी भएका छन् । केही दिन अघि सांसदहरु द्धोय सुनुवार र खड्काले खिजीदेम्बा जोड्ने सडक उद्घाटन गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!