यी वडा अध्यक्ष, जसले मोटरसाइकल किन्न भनेर दिएको पैसाले मोटरबाटो बनाए

Posted on: 05 Apr, 2018

चैत २२, ओखलढुंगा । सबै ठाउँका जन प्रतिनिधि यस्तै विकासप्रेमी हुने हो भने देश विकास हुन काटिने समय लाग्छ र ? यी हुन् ओखलढुङ्गास्थित चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शुरेश थापा, जसले गाउँपालिकाले मोटरसाइकल किन्न भनेर बिनियोजन गरेको बजेटले मोटरसाइकल नकिनेर स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरिदिएका छन् ।

गाउपालिकाले वडा अध्यक्षलाई आवतजावतमा गर्न सजिलो होस् भनेर दिएको बजेटबाट उनले आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरेर उदाहरणीय काम गरेका छन् । उनले गाउँपालिकाले दिएको पाँच लाख बजेटले आफूलाई मोटर साइकलभन्दा सबैलाई हुने सडक महत्वपूर्ण हुने भन्दै बाटो निर्माण गरेका हुन् । 


गाउँपालिकाले अन्य वडालाई पनि यस्तै रकम दिएको थियो जुन बजेट अनुसार काम भयो तर थापाले वडामा स्वास्थ्य चौकी नभए पछी त्यसको लागि बाटो र स्वास्थ्य चौकी बनाउन जग्गा व्यवस्थापन सँगै भवन निर्माणमा समेत काम सुरु गरिसकेका छन् । उनले आफ्नो आवश्यकता भन्दा पनि जनताको आवश्यकता हेरेर मोटरसाइकलको साटो सडक बनाएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!