तिहार र देश

Posted on: 28 Oct, 2016

 

दिपा नेपाल,ओखलढुंगा

सपनाको जिजिविसा  संगालेर 

तातो ओछ्यामा कोाल्टे फेर्दै गर्दा 

झल्कीनेछन् अनायासै 

सयपत्री र मखमली 

देउसी भैलो 

सप्तरंगी निधार 

अनि मिष्ठान्नले भरीपूर्ण किस्ती ।

                

देउसीको भाकासगै डुल्नेछन् मनहरु 

गाँउले घरका प्रत्येक आंगनमाहरुमा 

चाख्ने छन् सेलरोटीका स्वाद 

प्रत्येक गाँसका स्वादमा । 


बहकिने छ अन्तरमन 

एकाएक 

भरीने छ राष्ट्रप्रेमले 

बग्नेछन् केही धारा आँसुहरु 

सम्झउने छ एउटा मन ले अर्कालाई 

देखिने छ खोक्रो मुस्कान 

ऐना मा 

न त तँलाई मखमलि सुकेको चिन्ता छ 

न त केतुके फूलेको ।


सबै सबैमा शुभदिपावलीको हार्दिक शुभकामना 


यस बिषयमा तपाइको प्रतिक्रिया...!