छोरा पाए खसी र छोरी पाए फर्सी खोज्दा देखि नै सुरुहुन्छ महिला हिँसा

Posted on: 23 Nov, 2016

        सुजता श्रेष्ठ,ओखलढुंगा 

महिला हिंसा भन्ने वित्तीकै आमा, दिदी, बहिनी अझ सामान्य शब्दमा भन्दा महिला माथी हुने हिंसालाई बुझ्न सकिन्छ । नेपाली समाजमा महिला माथी हुने हिंसा बारेमा छलफल, अध्ययन,अनुसन्धान हुन थालेका छन् । सञ्चारमाध्यम र महिला तथा आमा समुहका विभिन्न फोरमहरुमा पछिल्लो समय महिला हिंसाका बारेमा आवाजहरु उठ्न थालेसँगै घरभित्र हुने घरेलु हिंसा देखि अन्य सामाजिक हिंसा समेत बाहिर आउन थालेका छन् । 

पछिल्लो समय प्रहरी सहितका न्यायिक निकायको तथ्याङकले पनि महिला माथी हुने हिंसाको दर क्रमश बढ्दै गएको पाईन्छ । प्रहरीमा आउने उजुरी र महिला तथा बालबालिका तथा सम्बद्ध निकायमा आउने गुनासाहरुले पनि महिला हिंसा बढेको देखिन्छ तर हिंसा बढेको हो या त हिंसा पीडित महिलाहरुले न्यायका लागि आवाज उठाउन थालेका हुन् यो एउटा विश्लेषण गर्नुपर्ने बेला आएको छ । 

धेरैले भन्ने गर्छ महिलाहरुमा चेतनाकोे विकास भएसँगै न्यायका लागि लड्न थालेका हुन् र कमैले भन्छन् समाजमा हिंसा नै बढेको हो, तर मलाई लाग्छ समाजमा हिंसा बढेको भन्दा पनि चेतनाको विकास भएसँगै न्यायका लागि महिलाहरु सक्षम हुँदै गएका हुन् । 

महिला लाइ परिवार भित्र कुटपिट गर्ने याताना दिने देखि गाली गर्ने झपार्ने आदि पनि महिला हिंसा नै हुन् । सानै उमेरमा वा मन नपरेको मानिस सग जवरजस्त विवाह  गरिदिने कार्यले पनि महिला हिंसाको दर बढाएको छ । अझ जीवनभर साथ दिने कसम खाएका जीवनसाथीले दिने अस्वभाविक पीडाले थप महिलामा हिनता बोध सिर्जना हुन्छ,त्यो पनि महिला हिंसा नै हो । 

यस्ता क्रियाकलापले सिधै महिलाको मानसिक तथा शारीरिक स्वास्थ मा असर पर्दछ । अझ बलात्कार जन्य हिँसा र बोक्सिका नाम मा मलमुत्र समेत खुवाएर दिइने यातानाले महिलाको शारीरिक,मानसिक र स्वस्थ्य सँगै सामाजिक जीवनमा प्रत्यक्ष असर पार्दछ । अन्तत समाजको विभेद र यातना खप्न नसक्दा सयौँ दिदी बहिनीहरुले गलत बाटो पनि रोज्न बाध्य हुने    गरेका थुप्रै उदाहरणहरु हामि सँग छन् । 

सानै उमेरमा विवाह गरिदिँदा शारीरिक रुपमा परिपक्क नभै बच्चा जन्माउने हुनाले एकदमै नराम्रो असर पर्न जान्छ । कतिपय यूवतीेहरु सान्र उमेरमा विवाहगरेकै कारण शिक्षा बाट बञ्चित हुने गरेका छन् । श्रीमानलाई रिझाउने देखि छोराछोरीको हेरचाह र घर को सम्पुर्ण काम बुहारीले गर्नु पर्छ भन्ने परम्परागत सोचका कारण उनिहरुमा पाठेघर खस्ने सहितका जटिल रोगको सिकार बन्न बाध्य हुने गरेका छन् । सामान्य अर्थमा भन्दा महिलाहरु महिला भएकै कारण कुनै पनि उमेर समूहका महिलहरु सुरक्षित हुन सकेका छैनन् हाम्रो समाज मा ।

गरिबी,अशिक्षा,परम्परागत एवम् पितृसत्तात्मक सोचले गर्दा आज पनि हाम्रो समाजमा  छोरी प्रति गरिने व्यवहार फरक हुन सकेको छैन  । छोरा नपाकै कारण जती छोरी भएपनि सन्तान जन्माई रहन पर्ने कतिपयको बाध्यता छ । छोरा पाए खसी छोरी पाए फर्सी जस्ता शब्दले पनि समाजमा हिंसा बढाईरहेको छ । 

समाजमा हिंसा व्याप्त छ,जसको असरले महिला हरु खुलेर हिंड्न नसक्नु खुलेर बोल्न नसक्नु ,साथै आफ्नो निर्णय आफै गर्न नसक्नु र आत्मनिर्भर बन्न सकिरहेका छैनन् । हाम्रो देशमा संसारकै उत्कृष्ट कानुन त छ तर कार्यान्वयन फितलो हुँदा न्याय खोज्ने महिलाहरु पनि थप अन्यायमा पर्न बाध्य छन् । अत : महिला हिंसाका कुरा जती गरेपनि कमै हुन्छन् । त्यसैले सभ्य समाजको निर्माणका लागि अनि समाजमा व्याप्त हिंसा निराकरणका लागि सबैले आ आफ्ना घरमा भएका महिलाहरुलाई कोहि कसैले महिलाले महिलालाई वा पुरुषले महिलालाई हिंसा नपारौँ,विभेदमा नपारा,त्यती भए पुग्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!