अनेरास्वीयू ओखलढुंगालाई चुनावी चटारो

Posted on: 28 Nov, 2016


मङ्सिर १३, ओखलढुंगा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयू ओखलढुंगा १० औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । केन्द्रिय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा यहि मंसिर १७ र १८ गते जिल्ला अधिवेशन गर्नेगरी तयारी भईरहेको पाईएको हो । 

गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगार, स्वच्छ शैक्षिक वातावरण हाम्रो अभियान, समृद्ध ओखलढुंगा निर्माण र संविधान कार्यन्वयनका लागि १० औँ जिल्ला अधिवेशन भन्ने मुल नाराका साथ हुने अनेरास्वीयु ओखलढुंगाको १० औँ जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । 

पदका लागि वर्तमान उपाध्यक्ष जीवन कट्वाल र सचिव अशेष श्रेष्ठले  दावी प्रस्तुत गरिरहेका छन् । उनिहरु मध्ये १ अध्यक्ष र १ उपाध्यक्ष हुने सम्भावना पनि छ । भने सचिव पदमा लक्ष्मण राउत,बालेन्द्र अधिकारी सहितका विद्यार्थी नेताहरु लागि परिरहेको बुझिएको छ । विकल्प भटराई सहितका विद्यार्थीनेताहरु पनि नेतृत्वपंतीका आकांक्षी हुन् । 

नयाँ नेतृत्वका लागि विद्यार्थी नेताहरु बिच लभिङ सुरु भईसकेको छ । जिल्लामा पार्टी र सबै भातृ संगठनको नेतृत्व हालसम्म सर्वसम्मत चयन गर्दै आएका नेकपा एमालेका नेता तथा सांसदहरुलाई आकांक्षी बढेपछि अनेरास्वीयूको नेतृत्वको जिम्मेवारी कसलाई दिने भन्ने नैतिक दवाव परेको छ । सर्वसम्मत नेतृत्व चयनका नाममा पार्टीका नेताहरुले असल र योग्य भन्दा पनि नेताको चाकडी गर्नेलाई नेतृत्वमा पु¥याउन सक्ने भन्दै त्यसो गर्न नहुने आवाज पनि अनेरास्वीयू भित्रै उठिरहेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!