एमाले जिताउन यज्ञराजको दौडधुप

Posted on: 11 Jun, 2017

ओखलढुंगामा चुनावी सरगर्मी बढेको छ । दोस्रो चरणको निर्वाचनको तयारी जिल्लामा अन्तीम चरणमा पुगेको छ । दलहरु चुनावी अभियान लिएर गाउँगाउँमा पुगेका छन् भने राज्यका निकायहरु पनि चुनावी तयारी र मतदाता शिक्षा दिनमा व्यस्त देखिएका छन् । जिल्लाका एक नगरपालिका सहित आठ वटै स्थानीय तहमा अहिले चुनावी सरगर्मी निकै बढेको छ । 

सांसद सहितका केन्द्र र जिल्ला स्तरका नेताहरु यतिबेला आ आफ्नो पार्टीका उमेद्वारलाई जिताउन गाउँमा पुगेर घरदैलो अभियानमा जुटेका छन् । एमाले सांसद यज्ञराज सुनुवार निकै सकृय भएर एमाले जिताउन लागि परेका छन् । केही दिन यता जिल्लाका विभिन्न पालिकामा पुगेर एमालेका उमेद्वारलाई भोट माग्नमा व्यस्त छन् । 


यसैविच आज सुनकोशी गाउँपालिका ९ ककनीमा उमेद्वारी परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सांसद सुनुवारको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा एमालेका उमेद्वारलाई जिताउन आवहन गरिएको थियो । कांग्रेस र माओवादी केन्द्रका दर्जनबढी नेता एमालेमा प्रवेश गरेको एमालेबाट वडा अध्यक्षका उमेद्वार झनक कार्कीले जानकारी दिए । 

कांग्रेसको गड मानिने स्थानमा एमालेका युवा उमेद््वारहरु चुनावी मैदानमा छन् । एमाले युवाहरुलाई जिताउने अभियानमा सांसद सुनुवार लागि परेका हुन् । मोलुङ, मानेभञ्ज्याङ,  सुनकोशी र चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका टोलटोलमा पुगेर सांसद सुनुवारले मत मागिरहेका छन् । एमालले गरेका राम्राकामका बारेमा जानकारी दिँदै नयाँ नेतृत्वमा एमालेले अघि सारेका युवाहरुलाई पुर्याउन मतदाता माझ पुगेर आवहन गरिरहेको सांसद सुनुवारले बताए । ओखलढुंगाका आठ स्थानीय तह र त्यसभित्र पर्ने ७५ वटै वडाका धेरै ठाउँमा एमाले विजयी हुने र ओखलढुंगामा पहिलो शक्तिका रुपमा एमाले स्थापीत हुने सांसद सुनुवारको दावी छ । 


कांग्रेस सांसद रामहरि खतिवडा र एमालेका अन्य साांसदहरु हर्कबोल राई र सकुन्तला राजभण्डारी पनि निकै सकृय भएर प्रचारमा लागि परेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!