कांग्रेसको मेयर उम्मेदरवारका गाउँले एमालेमा प्रवेश

Posted on: 15 Jun, 2017

ओखलढुंगा,१ असार । नेकपा एमालेले आज सिद्धिचरण नगरपालिकाको अधेरी नारायाणस्थानमा चुनावी सभा आयोजना गरेको छ । एमालेको ३ नं. वडा कमिटीले आयोजना गरेको चुनावी सभा एमालेको केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले सम्बोधन गरेका थिए । सभामा एमालेका मेयर पदका उम्मेदवार मोहन श्रेष्ठ, उपमेयका उम्मेदवार इच्छाकुमारी गुरुङ लगायतले सिद्धिचरण नगरको समृद्धिमा एमालेका एजेण्डाबा बारेमा बोलेका थिए भने जिल्ला सचिव शंकर कट्वाल, युवा नेता रोशन शाक्य लगायतका नेताहरुले एमालेको भावी योजना र पार्टीको नीतिका बारेमा धारणा राखेको अनेरास्ववियुका जिल्ल्ला अध्यक्ष अषेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसबाट दुई सय युवाहरु एमालेमा प्रवेश गरेका छन् । 

एमालेमा प्रवेश गर्नेहरुमा नबराज गुरुङ, पदमबहादुर गुरुङ, फेबसिंह गुरुङ, खिलबहादुर गुरुङ, भीमबहादुर गुरुङ, मुना दाहाल, शरदा दाहाल, चित्रकुमार भुजेल, सन्तोष गुरुङ, धनश्याम गुरुङ, रामहरि गुरुङ, नारायण गुरुङ, मेनुका चर्माकार, मन्जु चर्माकार, भाइकाजी गुरुङ, रमेश गुरुङ, नविन दाहाल, कृष्ण भुजेल, सन्तोष दाहाल, उत्तम भुजेल, भोजराज कोइराला  लगायत रहेका हुन् । एमाले केन्द्रिय सदस्य सुनुवारले पार्टी प्रवेश गराएका हुन् । एमालेमा ठूलो संख्यामा युवाहरु प्रवेश गरेपछि काँग्रेसलाई धक्का पुगेको छ । यो वडा काँग्रेसबाट मेयरका उम्मेदरवार डिल्ली खनालको वडा हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!