दल बल सहित अशाेक फर्किए माअाेवादीमा

Posted on: 16 Jun, 2017


 असार २ ओखलढुंगा । नयाँशक्ति नेपालका संस्था पक केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश युवा संयोजक अशोक थापा फेरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । विहिबार एक कार्यक्रमका बिच थापाले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । थापा संगै नयाशक्ती पार्टी परित्याग गरी केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश संगठन विभाग प्रमुख खुद बहादुर खत्री, केन्द्रीय सदस्य कृष्ण ढुंगेल समेत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । 

थापाले विहिबार एक विज्ञप्ती जारी गर्दै नयाँशक्ती पार्टि परित्याग गरेको घोषणा गर्नुभएको छ । थापाले विगत एक वर्ष देखी नयाँ शक्ती नेपालको अभियान्ताको रुपमा रहि संगठन बढाउदै आउने क्रममा पार्टिले नयाँ एजेण्डा राष्ट्रीयताको सवालमा, सिमांकनको समावालमा, धर्म निरपेक्षको सवालमा, जनयुद्धका सहिद, बेपत्ता, घाईते लगायतका मुद्धाका विषयमा पार्टिले महत्वपुर्ण भुमिका खेल्न नसेकेकोले पार्टी परित्याग गरी फेरी माओवादी केन्द्रमा प्रवेश गरेको विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ । 

पुर्व सन्चार मन्त्री एवम् माओवादी केन्द्रका कार्यलय सदस्य शुरेन्द्र बहादुर कार्की रामको प्रमुख आतिथ्यता तथा पोलिटव्युरो सदस्य पेशल खतिवडा, पोलिटव्युरो सदस्य एवम् ओखलढुंगा जिल्ला संयोजक बाबुराम गौतम आकाश, पुर्व सभासद् केशव राईको उपस्थीतीमा थापा सहित नयाँ शक्ती तथा अन्य पार्टि परित्याग गरी एक सय ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला संयोजक बाबुराम गौतमले जानकारी दिनुभएको छ । केहि समय अघि माओवादी केन्द्र छोडेर नयाँ शक्ति नेपाल पार्टीमा लाग्नुभएको थियो । चुनावको मुखमा नेताहरुले पार्टी छाडेपछि ओखलढुंगामा नयाँ शक्तिको अस्थित्व संकटमा परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!