ओखलढुंगामा कांग्रेस नेता बेपत्ता

Posted on: 27 Jun, 2017

असार १३, ओखलढुंगा | ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कांग्रेसका एक नेता बेपत्ता भएका छन् । मौन अवधिमा पनि निकै सकृय भएर भोट माग्न हिडेका तंकुचा कमले भनेर चिनिने कमल बहादुर सुनुवार बेपत्ता भएका हुन् । 

कांग्रेस नेता तथा पुर्व गाविस अध्यक्ष रेवत सुनुवारसँग हिँडेका उनलाइ स्थानीय चुलेपु जंगलको अफ्ट्यारो थुम्किमा माथिबाट आएको बाढीले बगाएर बेपत्ता बनाएको कांग्रेसबाट सदस्यका उमेदवार होमबहादुर सुनुवारले बताउनुभयो । मध्यरातको घटना भएकोले राति नै खोजी गर्न नसकिएको र अहिले घटना स्थलतर्फ जाने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सँगै रहेका रेवत सुनुवारले आफू अघि अघि हिडेको र पछि रहेका कमल सुनुवारलाइ बाढीले बगाएको भन्दै राती ११ बजे गाउँलेलाई खबर गरेका थिए ।

मत माग्दै हिडेका उनिहरु एक विवाह समारोहमा समेत पुगेर फर्किएका थिए । स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका उनिहरु साँझ परेको मुसलधारे पानी र चट्याङका बिच पनि जंगलको बाटो भएर  उक्त बाटो भएर फोती जाँदै गर्दा यस्तो घटना भएको हो ।

चुनावको मुखमा घटेको घटनाले खिजीकातीवासी चिन्तित बनेका छन् । निर्वाचनमा खटिएका प्रहरीलाई समेत घटना स्थलमा पुगेर बेपत्ताको खोजी गर्न स्थानीयले आग्रह गरेका छन् । थप विवरण आउन बाकी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!