ओखलढुंगे जनताको शिर झुकाउने काम गरिनँ र गर्दिनँ : यज्ञराज सुनुवार

Posted on: 20 Oct, 2017

कात्तिक ३, ओखलढुंगा । एमाले नेता यज्ञराज सुनुवारले आफ्नो कार्यकाल पूर्णरुपमा सफल भएको दावी गरेका छन् । साझासबालसँग कुरा गर्दै एमाले केन्द्रिय सदस्य समेत रहेका युवा नेता सुनुवारले २०७० को संबिधानसभा निर्वाचनमा मतदान गरि ओखलढुंगे जनताले दिएको जिम्मेवारी कुशलता पूर्वक पुरा गरेको दावी गरेका हुन् । 

आफ्नो ४ वर्षे कार्यकालको समिक्षा गर्दै सुनुवारले भने –‘निर्वाचित भएपछि संधै देश र जनता प्रतिको जिम्मेवारीले चिन्तीत बनायो,कयौं रात अनिदो बिते,सयौं दिन भोक लागेको पत्तो भएन’ उनले भने ‘देशको निकासका लागि संबिधान निर्माण र जिल्लाको विकासका लागि विकासे काममा मैले अरु कोही भन्दा कमि गरेको छैन,त्यो मैले भनि बस्न पर्दैन सबैलाई थाह छ ।’ निर्वाचन क्षेत्र विकास कोषको रकम र अन्य स्रोत जुटाएर जनताको माग र आवश्यकता पुरा गरेको उनको दावी छ । 

आफुले जनताको शिर झुकाउने कुनै काम नगरेको उनले बताए । ‘कहिल्यै हाम्रो नेता र माननीयले यस्तो खराब काम ग¥यो भन्ने अवस्था आउन दिइनँ’ उनले भने ‘ओखलढुंगे जनताले शिर झुकाउनुपर्ने काम हिँजो पनि गरिनँ र भोलि पनि गर्दिनँ, अझै धेरै कामहरु बाँकी छन् ति आगामी दिनमा गरिन्छ ।’ ओखलढुंगामा सडक सँगै अन्य पूर्वाधारको विकासका महत्वपूर्ण कामहरु आफ्नो कार्यकालमा भएको सुनुवारको दावी छ । 

सुनुवार आगामी निर्वाचनमा ओखलढुंगाबाट फेरि चुनाव लड्दैछन् । बाम गठबन्दनका तर्फबाट संघिय संसदका लागि उनि चुनावी मैदानमा छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!